अस्ट्रेलियामा पौडी खेल्ने क्रममा नेपाली विद्यार्थीको निधन

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली विद्यार्थीको ज्यान गएको छ । सोमबार साँझ दक्षिण सिड्नीको रोयल नेसनल पार्कमा २३ वर्षका सचेत बिमलीको डुबेर ज्यान गएको अस्ट्रेलियाका संचारमाध्यमले जनाएका छन् । उनको घर नेपालको मोरङमा रहेको बताइएको छ । उनी डेढ वर्षअघि उच्च शिक्षाका लागि अस्ट्रेलिया गएका थिए ।