पत्नी सीताको अवस्था जटिल बनेपछि उपचारको लागि भारत लिएर जाँदै प्रचण्ड

काठमाडौं । पत्नी सिता दाहालको स्थास्थ्यमा समस्या भएसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल उनको उपचारका लागि भारत गएका छन् ।

प्रचण्ड पत्नी सिताको उपचारका लागि आज बिहान ११ः३० मा भारतको मुम्बईतर्फ लागेका हुन् ।

आइतबारको नेकपा (प्रचण्ड–नेपाल) समूहको स्थायी समिति बैठक प्रचण्डले पत्नी सितालाई थप उपचारका लागि भारत लैजानुपर्ने भएको जानकारी दिएको थियो ।

प्रचण्ड पत्नी सिता वंशानुगत पार्किन्सन जस्तै देखिने रोगबाट लामो समयदेखि ग्रसित छिन् ।

गत बुधबार उनको स्वास्थ्यमा समस्या देखिएपछि मेडीसिटी अस्पताल भर्ना गरिएको थियो ।

मुम्बईस्थित कुन अस्पतालमा उनको उपचार हुने भन्ने बारेमा भने केही खुलाइएको छैन् ।